इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
प्रहरीअनुसार मेहतालाई मंगलबार बिहान करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शरीरमा लागेको गोली स्वास्थ्य अवस्था अत्यन्त जटिल भएका कारण निकाल्न सम्भव भएको थिएन ।
घटनापछि उनलाई तत्काल उपचारका लागि काठमाडौं ल्याइएको थियो । चिकित्सकको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ ।
रवीन्द्र मेहताको निधनसँगै कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



































Discussion about this post