रामधुनी । इटहरीस्थित सामाजिक संस्था माया घर नेपाल र राधिका दासी फाउण्डेसनबीच पछिल्लो समय देखिएको रकम सम्बन्धी विवादमा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले राधिका फाउण्डेसनकी अध्यक्ष एवम् कथा बाचिका राधिका दासीलाई औपचारिक लिखित जवाफ पठाउँदै स्पष्टीकरण दिएकी छन् ।
राधिका फाउण्डेसनले साउन १८ गते पत्रमार्फत माया घर नेपाललाई ‘सहयोग स्वरूप प्रदान गर्नुपर्ने बाँकी रकमको विषयमा गम्भीर ध्यानाकर्षण भएको’ जनाएपछि माया घर नेपालले सोहि बिषयलाई लिएर लिखित पत्र पठाएको हो ।
अध्यक्ष सुभद्रा प्याकुरेलद्वारा हस्ताक्षरित पत्रमा राधिका दासी माया घर नेपालको संस्थापक अध्यक्ष तथा संरक्षक रहेको र संस्था स्थापनादेखि नै उहाँसहित विभिन्न दाताहरू, स्थानीयवासी र संघ–संस्थाहरूको सहयोगमा माया घर यो अवस्थामा आइपुगेको उल्लेख छ ।
विभिन्न धार्मिक समारोहमा माया घरको नाममा सहयोग संकलन भएको अनौपचारिक जानकारीका आधारमा अध्यक्ष प्याकुरेलले गत साउन ४ गते सामाजिक सञ्जाल (इटहरी २.०) मार्फत अभिव्यक्ति दिएकी थिइन् । तर, साउन १८ गते राधिका दासी स्वयं माया घरमा उपस्थित भई आफूले माया घरको नाममा विना रसिद कुनै पनि आर्थिक वा जिन्सी सहयोग संकलन नगरेको स्पष्ट पारेको पत्रमा उल्लेख छ ।v
दुवै पक्षबीच आपसी सद्भाव, विश्वास र आत्मीयताको सम्बन्ध रहेको भन्दै माया घर नेपालले यस विषयमा सामाजिक सञ्जालमा भएका अनर्गल तथा नकारात्मक टीका–टिप्पणीहरूप्रति खेद प्रकट गरेको छ ।



































Discussion about this post