रामधुनी । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणीपछि भएको निर्मम हत्याको विरोध गर्दै थारू कल्याणकारिणी सभा नगर कार्यसमिति रामधुनीले दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
सभाले बिहीबार एक विज्ञप्ति जारी गर्दै साउन ३१ गते बिहानदेखि हराएकी बालिकाको अमानवीय एवं क्रूर तरिकाले हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घरभन्दा करिब दुई सय मिटर टाढाको खाली घरमा आँखा निकालिएको, जिब्रो काटिएको र अंगभंग गरिएको अवस्थामा बालिकाको शव फेला परेको घटनाले समाजलाई स्तब्ध र मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।
थारू कल्याणकारिणी सभा रामधुनीका सचिव जनक चौधरी र सभापति राजकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस जघन्य अपराधको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरिएको छ । साथै, पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।



































Discussion about this post