रामधुनी । झुम्का जेसीजले रामधुनी नगरपालिका क्षेत्रमा सञ्चालित एक मात्र भासी बहुमुखी क्याम्पसलाई एक लाख २ हजार रुपैयाँ मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।
विद्यार्थीलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले करिब २२० थान पुस्तक हस्तान्तरण गरिएको झुम्का जेसीजका अध्यक्ष रोशन खड्काले बताए ।
झुम्का जेसीज सप्ताह २०२६ को उद्घाटन समारोहका अवसरमा शुक्रबार बिहान जेसीजले क्याम्पस सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद काफ्ले र क्याम्पस प्रमुख श्यामकुमार चौधरीसहितलाई पुस्तक हस्तान्तरण गरेको हो ।
अध्यक्ष खड्काका अनुसार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको हो । उनले आगामी दिनमा पनि विद्यार्थी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिने बताए ।



































Discussion about this post