Monday, October 26, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home इतिहास

      विवाह संस्थाले जात व्यवस्थालाई निरन्तरता दिइरहेको छ, त्यसैले यो भत्किनुपर्छ : आहुती

      हाम्राे शब्द by हाम्राे शब्द
      ३०/११/२०७९
      विवाह संस्थाले जात व्यवस्थालाई निरन्तरता दिइरहेको छ, त्यसैले यो भत्किनुपर्छ : आहुती
      231
      SHARES
      Share on FacebookShare on Twitter

      नेपालमा महिलासम्बन्धी बहस धेरै कमजोर थियो, छ । संख्यामा गन्ती गर्ने हो भने, एउटा ‘नारी’ भन्ने पत्रिका निस्किदो रहेछ । त्यसले प्रसस्त गहना र फेसनको प्रचार गर्दो रहेछ । कुन चाहिँ राम्री केटी हो, चिन भनेर फोटो छाप्दो रहेछ । सबैभन्दा सुन्दर गीत लेखेँ भन्ने गीतकारहरूले पनि महिलाकै बारेमा लेखेका छन् । होनाहार प्रेमीहरूले पनि सबैभन्दा बढी प्रेम महिलाहरूलाई नै गरेँ भनेका छन् । तर, उनीहरूको मुक्तिको सन्दर्भमा छलफल चलाउने काम भएको छैन ।

      हामी जुन मुक्ति खोजिरहेका छौँ, त्यो कुनै पाठ्यक्रममा छैन । मैले पढ्दा ‘भिनाजुको स्विटर’ पढेको थिएँ । अहिले कोही ‘मैले नजन्माएको छोरो’ पढ्दै होला । तर, त्यहाँ कहिले पनि ‘सिटीहलको बूढो ज्यामी’ पढाइएन । विश्वविद्यालयले कहिले पनि विद्यार्थीलाई विद्रोहको पाठ्यक्रम पढाएन । हामी त विवाहको विपरित सम्बन्ध विच्छेद भनेर पढाउँछौँ । तर, विवाहको विपरित सम्बन्ध विच्छेद होइन । किनभने, सम्बन्ध विच्छेदपछि फेरि विवाह हुन्छ ।

      महिला पुरुष सँगै बस्नु विवाह होइन । महिला पुरुष त एक लाख वर्षदेखि सँगै बसिरहेका छन् । बच्चा जन्माइरहेका छन् । परिवार बनाइरहेका छन् । हरारीको किताब मात्रै पढ्ने हो भने पनि ७५ वर्षदेखि महिला पुरुष सँगै छन् । तर, विवाह भएपछि मात्रै परिवार बन्छ भन्ने कुरा कहाँबाट आयो ? कुन समाजशास्त्रले भन्यो ? विवाह भनेको परिवार निर्माण गर्नु होइन । बच्चा जन्माउनु होइन । विवाह भनेको निश्चित धार्मिक, आर्थिक, राजनीतिक र सामाजिक नियमले बन्धनमा राख्ने संस्था हो । पुरानो इतिहास खोतलेर हेर्ने हो भने, विवाह संस्था जन्मिन थालेको आठ हजार वर्ष भयो ।

      हिन्दु समाजमा तीन कारण विवाह गरिन्छ । त्यो उनीहरूकै शास्त्रमा उल्लेख छ । पहिलो, धर्म कमाउन । दोस्रो, पुत्र लाभ गर्न । तेस्रो, यौनेच्छा पूरा गर्न । इस्लाममा परिवार निर्माण गर्न, सन्तान उत्पादन गर्न र यौनका निम्ति विवाह गरिन्छ । त्यस्तै, इसाइमा यौन सम्बन्ध पहिलो प्राथमिकतामा आउँछ । त्यसपछि परिवारको स्थापना, सन्तान उत्पादन र इश्वरसँग सम्बन्ध राख्न विवाह गरिन्छ । जनजातिको विवाह प्रणालीमा भने यौन, सन्तान उत्पादन र आर्थिक जीवनमा सहयोग गर्नका लागि विवाह गरिन्छ ।

      इस्लाममा बाहेक सम्बन्ध विच्छेद गर्ने अधिकार महिलालाई छैन । इस्लाममा ‘तलाक’को मतलब बाँधिएको पशुलाई दाम्लो चुँडाएर छाडिदिनु हो । महिलालाई पुरुषले किलामा बाँधेको छ, पशुसरह । त्यसलाई किलाबाट फुकाइदिनुलाई तलाक भनेको हो । जनजाति समुदायमा पनि सम्बन्ध विच्छेदको अधिकार त छ, तर त्यहाँ सम्बन्ध विच्छेद गर्दा जारी तिर्नुपर्छ । यी सबै प्रचलित विवाह प्रणाली हेर्दा पितृसत्तात्मक समाज बनिसकेपछिका विवाह प्रणालीहरू अहिलेसम्म कायम छन् । यी सबै विवाह प्रणालीको उद्देश्य महिलालाई बन्धनमा राख्नु हो ।

      धेरैको प्रश्न छ, विवाह नभएको भए के हुन्थ्यो ? विवाह नभएको भए विवाह नगर्ने समाज हुन्थ्यो । विवाह विशुद्ध मानव निर्मित अवधारणा हो । विवाह नभएको भए के हुन्थ्यो भनेर आतंकित गर्नु जरुरी छैन । विवाह संस्था किन सुरु भयो त्यहाँबाट बहस सुरु गर्नुपर्छ । लुइस मोर्गनले ‘एन्सेन्ट सोसाइटी’ किताब लेख्नुभन्दा पहिला मानव समाजबारे थाहा थिएन । त्यसैमा आधारित भएर एंगेल्सले व्याख्या अगाडि सारे । त्यसपछि मानिसहरूलाई थाहा भयो, विवाह नभएको समाज पनि थियो । त्यो आदिम समाज थियो । जहाँ निजी सम्पत्ति थिएन । मानिसहरू एउटै हजुरआमाको खलकमा परिवार बनाएर बस्थे ।

      त्यो पनि परिवार नै थियो । त्यहाँ यौन सम्बन्ध पनि थियो । बच्चाहरू पनि जन्मिन्थे । तर, जब निजी सम्पत्तिमाथि पुरुषले कब्जा जमायो, त्यो सम्पत्ति आफूजस्तै पुरुषको नाममा हस्तान्तरण गर्न उसलाई निजी श्रीमती चाहियो । आफ्नी हजुरआमा खलककी महिला श्रीमती नबन्ने भएपछि अर्को कुल र बस्तीकी महिलालाई लुटेर ल्याउनुपर्ने भयो । त्यतिबेला लुटेर ल्याइएका माहिला दासी हुन्थे । ती महिलालाई कुट्दै, बाँध्दै, यातना दिएर श्रीमती बनाइएको हो । यो सामान्य कुरा होइन । यो भयानक वर्ग संघर्षको कुरा हो । लडाइँको कुरा हो ।

      सैयौँ वर्षसम्म यो अभ्यास चलाएपछि संस्कार बन्न थाल्यो । महिलाहरू यसैमा अभ्यस्त हुन थाले । त्यसलाई ठीक बनाउन शास्त्रहरू जोड्न थालियो । महिलाहरूलाई तिमीहरूको यो हालत ईश्वर र पूर्व जन्मको कारणले भएको भन्न थालियो । तिमीहरू ‘पापी’ भएकाले यस्तो भएको भनियो । तिमीहरूले सेवा ग¥यौ भने सुख पाउँछौँ भनियो । विवाह नगरे ‘नर्क’मा गइन्छ भन्ने चेतनाको विकास गरियो । त्यसैले, विशुद्ध बलात्कारबाट सिर्जना भएको संस्था हो विवाह । कुनै पनि समाजशास्त्रीले भन्न सक्दैन, विवाह प्रेमपूर्वक सुरु भएको हो ।

      हिन्दुशास्त्रमा बाल विवाह गर्न पाइन्छ, तर विधुवाले गर्न पाइँदैन । विधुवाले सात्विक भोजन गर्नुपर्ने नियम छ, ताकि उसमा कुनै उत्तेजना नआओस् । त्यसमा पनि गडबड गर्लान् भनेर सती पठाउन थालियो । के मात्रै गरिएन । अनि त्यो विवाह संस्था कसरी पवित्र ?

      युवाहरूलाई यो कुरा बुझाइदिनुपर्छ कि यौन सम्बन्ध राख्नु, बच्चा जन्माउनु, सँगै बस्नु विवाह होइन । विवाहले महिलालाई पुरुषको अधिनमा बस्न बाध्य बनाएको छ । त्यसको उन्नत अवधारणा के जन्मियो भने, एकजना उदार लेखकले लेखिदिए– हरेक सफल पुरुषका पछाडि एक महिला हुन्छे । लेख्नेलाई त्यो बेला लाज लागेन । अब त्यो सुन्न हामीलाई लाज लाग्नुपर्छ । एक महान पुरुषको पछाडि महिला हुन्छे । तर, त्यो महिलाको नाम के हो कसैलाई थाहा छैन । बाबुराम भट्टराईको एउटा लेख पढेको थिएँ । त्यसमा लेखिएको थियो, मानव जीवनका प्रगतिमा फड्को हान्नका निम्ति विवाह संस्थाले काम गरेको छ । कुरो सही हो । तर, कसको प्रगति ? पुरुषको । के पुरुषलाई मात्रै फाइदा गर्ने विवाह संस्था मानव जातिको हितमा छ ?

      आज वैज्ञानिक, प्रोफेसर, नेता अधिकांश पुरुष छन् । यो यही विवाह संस्थाले जन्माएको हो । जसले महिलालाई अगाडि बढ्न दिँदै दिएन । विवाहले महिलाहरूको जीवन आठ हजार वर्षदेखि ध्वस्त बनाएको छ । महिला र पुरुष सँगै बसेर ध्वस्त भएको होइन । विवाह संस्थाले ध्वस्त बनाएको हो । कसरी ? महिलालाई सम्पत्तिमा समान अधिकार राख्न दिएन ।

      बच्चाहरूको सम्पूर्ण जिम्मेवारी महिलामा थोपरियो । विवाह पुत्र लाभ वा पुरुष उत्पादनका निम्ति भन्ने अवधारणा निर्माण ग¥यो । पुरुषलाई परिवारको नाइके बनाइयो । महिलाहरूको जीवन तहसनहस भयो । यो कुरा स्वीकार गर्नुपर्छ । विवाहले महिलालाई बन्धनमा राख्ने काम मात्रै गरेन । समाजका सबै विकृतिलाई विवाह भन्ने संस्थामार्फत जोगाएर पनि राख्यो ।

      संसारमा अपवादहरू छन् । अपवादलाई केन्द्रीय विषय बनाएर छलफल गर्नु हुँदैन । हुम्लामा भएको बहुपति प्रथा, जो पुरानो समाजको अवशेष हो त्यसलाई केन्द्रमा ल्याएर छलफल गरेर हाम्रो समस्या समाधान हुँदैन । सय घरमा एउटा घर असाध्यै प्रेमपूर्वक चलेको छ भन्दैमा ९९ घरमा कुटाइ खाएका महिलाको कुरा पछि गराँैला भनेर हुन्छ ?

      मानिसहरूको एउटा सिद्धान्त छ, विगतमा जे खराब काम भए त्यो त्यतिबेलाको आवश्यकताका कारण भयो भनी अनुमोदन गर्ने । इतिहासमा यो जस्तो डरलाग्दो तर्क केही पनि छैन । यति भनिसकेपछि इतिहासमा भएका सबै काम ठीक भन्नुपर्ने हुन्छ । आवश्यकताकै कारणले भएको हो होला । तर, कसको आवश्यकता ? त्यतिबेलाको पितृसत्तावादी पुरुषको आवश्यकताले धेरै कुरा जन्मिएको हो ।

      त्यतिबेलाको पुरुषको आवश्यकताले जन्मिएको कुरालाई अहिले ठीक भन्न मिल्छ । त्यतिबेला किलियोपेट्राको आवश्यकताले जन्मिएको लिपिप्स्टक अहिलेका महिलाको आवश्यकता हुनुपर्छ ? त्यो त त्यतिबेलाको उसको आवश्यकता थियो । अहिले त व्यापारीको आवश्यकता हो । हिजो भएको हुनाले ठीक थियो भन्ने विश्लेषण गलत हो । हिजो भएको हुनाले ठीक हो भन्ने दृष्टिकोण मान्ने हो भने अंग्रेजले इण्डियामा आक्रमण गरेको पनि ठीक थियो ।

      सय घरमा एउटा घर असाध्यै प्रेमपूर्वक चलेको छ भन्दैमा ९९ घरमा कुटाइ खाएका महिलाको कुरा पछि गरौँला भनेर हुँदैन ।
      हिटलरले ६० लाख मान्छे मार्नु पनि ठीक थियो । त्यो त्यति बेलाको आवश्यकता थियो ठीक थियो भन्न मिल्छ ? त्यसैले, विवाह त्यतिबेलाको उत्पीडनकारी पितृसत्तावादी पुरुषको आवश्यकता थियो । तर, मानिसहरू इतिहासको यसरी व्याख्या गर्छन् कि त्यो केही नभएको भए केही पनि हुँदैनथ्यो जसरी । अहिले पनि अफ्रिकामा कैयौँ आदिवासी समुदाय छन्, जहाँ हाम्रो जस्तो विवाह गर्ने समाज छैन । के उनीहरू बाँचेका छैनन् ?

      अहिलेको नेपाली समाजको विवाहले पितृसत्तालाई निरन्तरता दिइरहेको छ । विवाहको नाममा महिला पुरुषको किनबेच भएको छ । महिलाको हकमा लाखौँको सुन लगाइदिन्छन् । सबैभन्दा राम्रो बुटिकमा लगेर लेहेंगा किनिदिन्छन् । पुरुषले पनि ढाकाको दौरा, सुरुवाल, टोपी लगाउन थालेको छ । तर, जज्ञेमा बस्नुभन्दा पहिला उनीहरूको कतिमा खरिद बिक्री भएको हो, त्यतातिर युवाहरूको ध्यान जानुपर्छ । विवाहको नाममा अहिले मानिसहरूको व्यापार भइरहेको छ ।

      हाम्रो जस्तो समाजमा विवाह संस्थाले जात व्यवस्थालाई निरन्तरता दिइरहेको छ । यो धेरै डरलाग्दो कुरा हो । नेपालको पुँजीपतिले बुहारी खोज्नुप¥यो भने पैसा मात्र खोज्दैन, जात खोज्छ । त्यसैले, यो विवाह संस्था भत्किनुपर्छ । बलात्कारबाट सुरु भएको विवाह संस्थाको दलदलमा जसरी छिरियो, त्यसैगरी निस्किन्छु भन्न सकिँदैन । किनकि, योसँग संस्कार, सम्बन्ध र मानिसहरूको मानसिकता जोडिएको छ । विवाह संस्था अन्त्य गर्ने भन्नाले महिला पुरुष सँगै नबस्ने, बच्चा नजन्माउने, बच्चालाई माया नगर्ने भनेको होइन ।

      विवाह संस्थाबाट निस्किनुपर्छ भनेको धार्मिक बन्धनबाट मुक्त हुनुपर्छ भनेको हो । आर्थिक वर्गीय सम्बन्ध र खराब संस्कारबाट मुक्त हुनुपर्छ भनेको हो । त्यसपछिको सम्बन्ध विवाह हुँदैन, सहजीवन हुन्छ । त्यसलाई जे नाम दिए पनि हुन्छ । त्यो बन्धनबाट मुक्त भएका महिला पुरुष सात जुनी सँगै बसुन् वा सात दिन त्यो उनीहरूकै कुरा हो । तर, उनीहरूको सम्बन्धमा धर्म, वर्ग र पितृसत्ता अन्त्य हुनुप¥यो ।

      यसो हुँदा विवाह भन्ने संस्था स्वतः अन्त्य हुन्छ । मानिसहरूले अझै प्रेमपूर्ण परिवार बनाउँछन् । योभन्दा सुखी जीवन बिताउँछन् । उनीहरू अझ प्रेम गर्न लायक हुन्छन् । आजभन्दा स्वतन्त्र मानिसहरूले आविष्कार पनि सुन्दर गर्छन् ।

      (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले मंगलबार ‘अपराजिता पारिजात’ पत्रिकाले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश इकाजबाट साभार।)

      Tags: Banner
      Previous Post

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      Next Post

      ‘हामी विद्यार्थी हकहितका योजना लिएर आएका छौं, विद्यार्थीहरु हामीलाई मतदान गर्न पर्खिरहनु भएको छ’

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      जलवायु न्यायका लागि सुनसरीको झुम्कामा र्‍याली गरिने
      समाचार

      जलवायु न्यायका लागि सुनसरीको झुम्कामा र्‍याली गरिने

      by हाम्राे शब्द
      २६/०५/२०८३
      0

      रामधुनी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोडेर जलवायु न्यायको माग गर्दै...

      हरियाली जंगलको काखमा बसेको धार्मिक सम्पदा-रामधुनी मन्दिर
      इतिहास

      हरियाली जंगलको काखमा बसेको धार्मिक सम्पदा-रामधुनी मन्दिर

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । सुनसरी जिल्लाको हरियाली जंगलको काखमा लुकेको, ऐतिहासिक र आस्थाले ओतप्रोत स्थल हो—रामधुनी मन्दिर । जनविश्वास अनुसार त्रेतायुगमा वनवासकालीन...

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका

      १५/०३/२०८२
      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल

      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल

      १५/०३/२०८२
      रामधुनीमा बन्दै उराव संग्राहालय, उराव समुदायको इतिहास संरक्षणको पहल

      रामधुनीमा बन्दै उराव संग्राहालय, उराव समुदायको इतिहास संरक्षणको पहल

      १५/०३/२०८२
      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      १०/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      0
      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana