रामधुनी । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रामधुनी नगर समिति अन्तर्गत दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार झुम्कामा भएको अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नगर अधिवेशनबाट पुनम धामी अध्यक्षमा चयन भएकी छिन् । त्यस्तै सङगिता राई उपाध्यक्ष, बिमला चौधरी सचिव, सुस्मिता चौधरी कोषाध्यक्ष, र कृष्णमाया परियार सहसचिवमा चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा भलेनी चौधरी, रन्जना चौधरी, सुमित्रा चौधरी, सानीमाया चौधरी, कौसिला चौधरी, सुसिला चौधरी, एलुज परियार, कविता लिम्बु, ममता चौधरी, रामकुमारी बिक र मन्जु चौधरी रहेका छन् ।