रामधुनी । थारु कल्याणकारीणि सभा, रामधुनी नगर समितिको आयोजनामा चलिरहेको फुड फेस्टिबल तथा सांस्कृतिक महोत्सवमा आज (शनिबार) प्रख्यात गायक राजेश पायल राईले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् ।
आयोजक थारु कल्याणकारीणि सभाका अनुसार महोत्सवले सांस्कृतिक विविधता, परम्परागत कला र स्थानीय परिकारहरूलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । लोकप्रिय गायिका एलिना चौहानको हिजोको प्रस्तुतीपछि आज झुम्काको सांगीतिक माहोललाई झनै तातो बनाउँदै राईको आगमन हुने थाकस रामधुनीका सभापति राजकुमार चौधरीले बताए । साँझ झुम्का बजारमा गायक राईको ऊर्जाशील प्रस्तुती प्रत्यक्ष अवलोकन गर्नसमेत चौधरीले सबैसँग आग्रह गरेका छन् ।