रामधुनी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
बुधबार सम्पन्न १८ औँ नगरसभाका अवसरमा बराहक्षेत्र-४ निवासी पत्रकार सुबिन विश्वकर्मा र बराहक्षेत्र-१ निवासी पत्रकार विजय राईलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाले आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र विकासका गतिविधिलाई सूचना तथा सञ्चार माध्यममार्फत जनतासम्म पुर्याउन भूमिका खेलेको भन्दै सम्मान गरेको जनाएको छ ।
सम्मानितमध्ये विश्वकर्मा हाल काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन् । राई भने बराहक्षेत्रमै क्रियाशील छन् । उनी नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला कार्यसमिति सदस्यसमेत हुन् ।



































Discussion about this post