सुनसरी । सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन् ।
आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले साहलाई नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साहलाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ । उनको शपथ बिहीबार साँझ साढे ५ बजेका लागि तय गरिएको छ ।



































Discussion about this post