रामधुनी । नेकपा (एकीकृत समाजवादी) रामधुनी नगर कमिटीका सचिव रोसन खडका र नेपाल खेलकुद महासंघ सुनसरीका अध्यक्ष बिकास बिष्ट (डेभिड) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार उनीहरूले एमाले सुनसरी जिल्ला पार्टी कार्यालय पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य पोष्टकुमार नेपाल, प्रदेश कमिटी सदस्य राजकुमार गिरी, जिल्ला सचिव राम कोइराला, प्रदेश सल्लाहकार कमल कार्की लगायत नेताहरूको उपस्थिति थियो । नेताहरूले खडका र बिष्टलाई खादा लगाएर स्वागत गरे ।
तत्कालीन नेकपा विभाजनपछि एमाले परित्याग गरी उनीहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका थिए । पार्टी स्थापना कालदेखि नै खडका रामधुनी नगर सचिवको जिम्मेवारीमा थिए भने बिष्ट खेलकुद महासंघ सुनसरीको अध्यक्ष थिए ।
पार्टी प्रवेशपछि उनीहरूले वर्तमान राष्ट्रिय परिस्थितिमा सशक्त नेतृत्व र एमालेजस्तो संगठित तथा शक्तिशाली पार्टीबाट मात्र मूलुकको समस्या समाधान सम्भव देखिएकाले आफूहरू एमालेमा फर्किएको बताएका छन् ।