रामधुनी । रामधुनी नगरपालिकाको नगरसभा सुरु भएको छ । नगरपालिकाको सभाहलमा आज सुरु भएको सभामा मेयर शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करिब ८३ करोड १३ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । मेयर चौधरीले प्रस्तुत गरेको बजेटमा ४७ करोड ७३ लाख ७७ हजार चालुतर्फ विनियोजना गरिएको छ भने पुँजीगततर्फ करिब ३५ करोड ३९ लाख ८९ हजार बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रममा विभिन्न लोकप्रिय योजनाहरु समेटेका छन् । डोम, चमार, मुसहरलगायत सामाजिक तथा आर्थिक रुपले पछाडि परेका समुदायको स्वास्थ्य विमा नगरपालिकाले गर्ने मेयर चौधरीले घोषणा गरेका छन् । ‘सिमान्तकृत अति गरिब डोम, मुसहर, चमार लगायतका आर्थिक र सामाजिक रुपले पछाडि परेका समुदायको स्वास्थ्य विमा पालिकाले गराउँनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै, कृषि क्षेत्रलाई आधुनीकिकरण, वैज्ञानिकरण, तथा यान्त्रीकरण गर्ने, कृषकहरुलाई कृषि परिचयपत्र दिनेजस्ता महत्वपूर्ण बिषय नीति कार्यक्रममा समावेश गरिएको छ । गुणस्तरीय शिक्षाका लागि उत्कृष्ठ विद्यालय तथा शिक्षकलाई पुरस्कारको व्यवस्था गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई अतिरिक्त तथा अनौपचारिक शिक्षा प्रदान गर्ने, अपांगता भएका विद्यार्थीहरुलाई ह्वीचचियरको व्यवस्था गर्ने, विद्यालय नर्सिङ कार्यक्रम गर्नेबिषयसमेत नीति कार्यक्रममा समावेश गरिएको छ । आइतबार नीति तथा कार्यक्रम ल्याएको रामधुनीले मंगलबार बजेट ल्याउँने तयारी गरेको छ ।
































Discussion about this post