रामधुनी । थारु कल्याणकारिणी सभा (थाकस) रामधुनी नगर कार्य समिति सभापतिमा राजकुमार चौधरी चयन भएका छन् ।
शुक्रबार भएको थाकस रामधुनी नगर अधिवेशनबाट चौधरी सर्वसम्वत सभापति चयन भएका हुन् ।
त्यस्तै, उपसभापतिमा पुरुण चौधरी, सिता चौधरी (थरुनी) र सनम चौधरी चयन भएका छन् । सचिवमा जनक चौधरी, सह–सचिवमा सुस्मा चौधरी र कोषाध्यक्षमा करण कुमार चौधरी चयन भएका छन् ।
थाकस रामधुनीमा सभापतिसहित २१ सदस्यीय कार्यसमिति बनेको सभापति चौधरीले जानकारी दिए ।




































Discussion about this post