रामधुनी । एक बर्षअघि सुनसरीको झुम्कामा सञ्चालनमा आएको साई हस्पिटलले प्रथम बार्षिक उत्सव सम्पन्न गरेको छ । सो अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको साईले ५० पटकभन्दा बढी रक्तदान गर्ने ५ जना रक्तदातालाई सम्मानसमेत गरेको छ ।
सम्मानित हुनेमा इटहरीका बाबुराम प्रधान (११८ पटक), पाँचथरका दिनानाथ घिमिरे (१०१ पटक), इटहरीका डिल्लीराम भण्डारी (६८ पटक) रामधुनीका रमेश घिमिरे (५५ पटक) तुलसी खड्का (५५ पटक) र योगेन्द्र खड्का (५३ पटक) रहेका छन् ।

रक्तदानका कारण पीडित व्यक्तिले नयाँ जीवन पाउँनुका साथै दिने व्यक्तिलाईसमेत स्वास्थ्य लाभ हुने कुरा जानकारी गराउँन सम्मान गरिएको हस्पिटलका सञ्चालक दुर्गा फुँयालको भनाई छ ।
साई रामधुनी नगरपालिकामा सञ्चालित एकमात्र १५ शैयाको हस्पिटल हो ।