रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–८ का ६० बर्षीय भोजराज रेग्मी जबर्जस्ती करणी गरेको आरोपमा आइतबार पक्राउ परेका छन् ।
गत माघ ३० गते बिहान चकलेट दिने प्रलोभन देखाई घरमै लगेर छिमेकी ४ बर्षीया बालिकाको गोप्य अंग चलाएको तथा ६ बर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा रेग्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक दिनेश अधिकारीले जानकारी दिए ।
चकलेट दिने प्रलोभन देखाई छिमेकी बालक र बालिकालाई घरमै लगेका उनले ५० रुपैँया पैसासमेत दिएको खुलेको प्रहरीको दावी छ । रेग्मीमाथि प्रहरीले जबर्जस्ती करणीको कसुरमा सोमबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद थप गरेको छ ।