रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं.८ मा आत्महत्या रोकथाम र न्यूनिकरणका लागि मनोबिमर्श तालिम कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको सहयोग र शुभ युग मिडिया प्रा.लि.को आयोजनामा शुक्रबार र शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुदीप कार्की र जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुरेन्द्र सिंह खवासले प्रेम सम्बन्ध लगायतका कारण कलिलो उमेरका बालबालिका र युवा–युवतीमा बढ्दै गएको आत्महत्या चिन्ताको बिषय भएको भन्दै उचित मनोबिमर्शका माध्यमबाट मात्रै यसको रोकथाम र निराकरण संभव भएको बताए ।